खेलकुद

भारत बराबरीमा रोकियो

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा भारतले श्रीलंकासँग बराबरी खेल्दै अंक बाडेको छ ।

मालेस्थित नेसनल स्टेडियममा भएको खेलमा भारत श्रीलंका गोलरहित बराबरीमा रोकिएको हो । खेलमा बल पोसेसनमा पकड जमाएपनि भारतले श्रीलंकाविरुद्ध गोल गर्न सकेन ।

भारतको दुई खेलबाट २ अंक जोडेको छ । श्रीलंकाले पनि प्रतियोगितामा पहिलो अंक जोडेको छ । यसअघि श्रीलंका आफ्नो सुरुआती दुई खेलमा बंगलादेश र नेपालसँग पराजित भएको थियो ।

भारतको बराबरीले नेपाललाई फाईदा पुगेको छ । नेपाल २ खेलमा ६ अंक जोड्दै शिर्षस्थानमा छ । नेपाल फाइनल नजिक रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *