काठमाडौं । हिन्दु धर्मालम्बीको महान चाड दशैंको पहिलो दिन घटस्थापनाको अवसरमा काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारमा रहेको दसैं घरमा जमरा राखीएको छ।
बिहीबार बिहान ११ः४६ बजेको शुभ साइतमा जौ छरेर जमरा राखिएको हो । दसैं घरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गरिन्छ।




