समाचार

दशैँले राष्ट्रिय एकता र आपसी सद्भाव अभिवृद्धिमा टेवा पुर्याउने : मुख्यमन्त्री आचार्य

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले दशैँ पर्वले अन्याय, अत्याचार अन्त्य गर्दै सामाजिक एकता, आपसी सद्भाव र भातृत्व अभिवृद्धिमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपालीको महान चाँड बडादसँैं–२०७८ को अवसरमा उनले आज जारी गरेका शुभकामना सन्देशमा कोभिड–१९ को महामारीले स्वास्थ्यमा ठूलो चुनौती थपिएको हुँदा यसबाट जोगिन नेपाल सरकारले लागू गरेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्न सबैमा आग्रह गरेका छन् ।

दसँंैले विभिन्न जातजाति, भाषा, धर्म एवम् सांंस्कृतिक पहिचान बोकेका सबै नेपालीको लागि राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी भातृत्व कायम गर्न सकोस् भन्दै उहाँले देश विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *