खेलकुद

ईपीएल क्रिकेट- फाइनलका लागि आज चितवन र पोखरा भिड्दै

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । बुधबार त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा प्लेअफ अन्तर्गतका क्वालिफायर र एलिमिनेटर खेल हुनेछन् ।

चितवन टाइगर्स र पोखरा राइनोजबीच फाइनल प्रवेशका लागि पहिलो प्रतिस्पर्धा हुनेछ । खेल बिहान साढे ९ बजेका लागि तय भएकाे छ ।

सोमपाल कामीको कप्तानीमा रहेको चितवन शीर्ष स्थानमा रहँदै क्वालिफायर पुगेको हो । विनोद भण्डारीको कप्तानीमा रहेको पोखराले दोस्रो स्थानमा रहेको थियो । पराजित हुने टोलीले दोस्रो क्वालिफायरको मौका पाउने छ । दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेतासँग खेल्नेछ ।

बुधबार एलिमिनेटरमा काठमाडौं किङ्स-११ र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसाे साढे १ बजे सुरु हुनेछ । शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा तेस्रो र सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंले चाैथाे स्थानमा रहँदै एलिमिनेटर खेल्न लागेको हुन ।

प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । उपविजेताले १५ लाख पाउने आयाेजकले जानकारी दिएकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *