लुम्बिनी प्रदेश

गुल्मीका ९ वटा स्थानीय तहमा कांग्रेस अधिवेशन सकियो

गुल्मी । गुल्मीका ९ वटा स्थानीय तहमा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न भएको छ ।

नेपाली कांग्रेस गुल्मीका अनुसार रुरुक्षेत्र गाउँपालिकामा देवेन्द्र मल्ल, छत्रकोट गाउँपालिकामा धातानन्द भुसाल, मदाने गाउँपालिकामा महेन्द्र कुँवर, मालिका गाउँपालिकामा उप्रेन्द्र अर्याल, इस्मा गाउँपालिकाको सभापतिमा कृष्ण रिजाल चयन भएका छन् ।

जिल्ला सभापति भूवन श्रेष्ठका अनुसार धुर्कोट गाउँपालिकामा हरिबहादुर थापा र गुल्मीदरबार गाउँपालिकाको सभापतिमा प्रेम पुन चयन भएका छन् । त्यस्तै सत्यवती गाउँपालिकामा विष्णु भण्डारी र चन्द्रकोट गाउँपलिकामा विष्णुप्रसाद भण्डारी चयन भएका छन् ।

जिल्ला सदरमुकाम रहेको रेसुङ्गा नगरपालिका र मुसीकोट नगरपालिकाुँगै कालीगण्डकी गाउँपालिकामा भने नेतृत्व चयन हुन बाँकी रहेको छ । नेतृत्व चयन हुन बाँकी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *