संसद

प्रतिनिधिसभाको बैठकमा एमाले सांसद्को नाराबाजी

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अवरुद्ध पारेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले सदन सुरु भएको अभिव्यक्ति दिए लगत्तै एमाले सांसदहरूले प्रतिनिधिसभाको रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरेका हुन् ।

एमालेले कारवाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई सभामुखले कारवाही नगर्नुको कारण माग गर्दै एमालेले संसद बैठक निरन्तर अवरूद्ध गर्दै आएको छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६र७७ पेश गर्ने सम्भावित कार्यसूची छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *