विश्व

चीनलाई ताइवानको चेतावनी

काठमाडौं । चिनियाँ लडाकु विमानहरु आफ्नो हवाई सुरक्षा क्षेत्रमा प्रवेश गरेपछि ताइवानले नजिस्काउन चेतावनी दिएको छ।

हिजो चीनका ५६ वटा लडाकु विमान आफ्नो हवाई सुरक्षा क्षेत्रमा प्रवेश गरेपछि ताइवानले यस्तो चेतावनी दिएको हो। चीनको हवाई सेनाले अहिलेसम्म ताइवानको हवाई क्षेत्रमा दर्जनौँ लडाकु विमान उडाएको पहिलो घटना हो। ताइवानले दुई देशबीच बढ्दो तनावको प्रमुख दोषी चीन रहेको आरोप लगाएको छ।

चीनले भने ताइवानसँग तनावको अवस्था आउनुमा अमेरिका दोषी रहेको जिकिर गर्दै आएको छ। केही दिनअघि चीनका झण्डै ४० वटा सैनिक जहाज ताइवानको हवाई क्षेत्रमा प्रवेश गरेका थिए।

चीनले ताइवानलाई आफ्नो एक प्रान्तका रुपमा लिने गरेको छ। तर ताइवान भने आफू स्वतन्त्र सार्वभौम देश रहेको बताउँछ। ताइवानले विगत एक वर्षभन्दा बढी समयदेखि चीनले आफ्नो हवाई क्षेत्र उल्लंघन गरेको आरोप लगाउँदै आएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *