काठमाडौं । संखुवासभामा एकै परिवारका ६ जनाको हत्यामा संलग्न रहेका आरोपी चार जना कारागार चलान भएका छन् ।
जिल्ला अदालत संखुवासभाले मादी नगरपालिका–१ उम्लिङका खड्गबहादुर कार्की, लोकबहादुर कार्की, रणबहादुर कार्की र हस्तबहादुर कार्कीलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।
हत्यामा संलग्न आरोपी एकजनालार्इ भने उमेर नपुगेका कारण सुधार गृह पठाउन अदालतले आदेश दिएको छ । भदौ २१ गते उम्लिङका तेजकुमार कार्कीसहित परिवारका ६ जनाको सामूहिक हत्या भएको थियो ।




