समाचार

संखुवासभा कांग्रेसको सभापतिमा दीपक खड्का भारी मतान्तरले विजयी

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत संखुवासभा जिल्ला भएको सभापति पदको चुनावमा दिपक खड्का फराकिलो मतान्तरले विजयी भएका छन् ।

निकटतम प्रतिद्वन्द्वीलाई फराकिलो १ हजार बढी मतले पराजित गर्दै खड्का सभापति बनेका छन् । निर्वाचनमा कूल १ हजार ३५२ मत खसेकोमध्ये खड्का १ हजार १९८ मतका साथ विजयी भएका निर्वाचन समितिले जानकारी दिएको छ ।

सभापति निर्वाचित खड्कासँग प्रतिस्पर्धा गरेका राईबहादुर राईले ११० मत मात्रै पाएका छन् ।विजयी खड्का पूर्व खानेपानी राज्यमन्त्री पनि हुन् । उनी संखुवासभाबाट निर्वाचित संविधानसभा सदस्य समेत रहेका छन् ।

यस्तै उपसभापतिमा रामकुमार जिमी (९१६), अनन्त गौली (६७०), सचिवमा टकमान घले र कुमारबाबु अधिकारी, सहसचिवमा किशोर कुमार गुरुङ र सुवास कालाखेती विजयी भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *