खेलकुद

चितवनविरुद्ध टस जितेर ललितपुर प्याट्रियट्स ब्याटिङमा

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेट प्रतियोगितामा चितवन टाइगर्सविरुद्ध ललितपुर प्याट्रियट्सले टस जितेर ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुरले ब्याटिङ रोजेसँगै सोमपाल कामीको कप्तानीमा रहेको चितवनले सुरुवाती फिल्डिङ गर्नेछ ।

आज चितवन लगातार चौथो जितको खोजीमा हुनेछ । जारी चौथो संस्करणको प्रतियोगितामा चितवनले तीन खेलमा तीन जितसहित ६ अंकसिहत शीर्षस्थानमा छ ।

ललितपुर भने दोस्रो जितको खोजीमा छ । चार खेलमा एक जित दुई हार र एक खेलमा अंक बाँडेको ललितपुर तीन अंकसहित चौथो स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *