काठमाडौं । फिलिपिन्सका राष्ट्रपति राड्रिगो डुटार्टेले राजनीतिबाट विश्राम लिने घोषणा गरेका छन् ।
७६ वर्षका डुटार्टेले आगामी चुनावमा सहभागी नहुने घोषणा गरेका हुन् । सन् २०१६ देखि राष्ट्रपति रहेका डुटार्टेले आगामी चुनावमा उम्मेदवार नहुने घोषणा गरेका हुन् । राजधानी मनिलामा पत्रकारहरुसँगको कुराकानीमा उनले भने,‘राजनीतिबाट सन्यास लिएको घोषणा गर्छु ।’
फिलिपिन्समा सन् २०२२ को मे ९ तारिखमा चुनाव हुँदैछ । जसका लागि २०२१ को अक्टोबर १ देखि ८ तारिखसम्म उम्मेदवारी मनोनयन गर्नुपर्ने छ ।




