झापा । साहित्यकार गणेशप्रसाद नेपालको दोस्रो कृति ‘बाँच्नुको एउटा जीवन’ आत्मकथाको विमोचन गरिएको छ ।
चार दशक बढी सरकारी विद्यालयमा शिक्षण पेशामा सेवा प्रवाह गर्नुभएका साहित्यकार नेपालको दोस्रो कृति ‘बाँच्नुको एउटा जीवन’ आत्मकथाकाको विमोचन आख्यानकार पुण्यप्रसाद खरेलले गरेका हुन् ।
लेखनाथ पुस्तकालय चन्द्रगढी तथा वर्तमान साहित्य प्रतिष्ठान चन्द्रगढीको संयुक्त आयोजनामा आज सम्पन्न कार्यक्रममा स्रष्टाको परिचय कृष्ण सुवेदी निराकारले गरेका गर्नुभएको थियो भने कृतिको परिचर्चासहित समालोचना सहप्राध्यापक तारा विविध तथा साहित्यकार भवानी क्षेत्रीले गरेका थिए ।
पुस्तकालयका सभापति नवराज घिमिरेको सभापतित्व तथा वर्तमान साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्ण अनमोलको स्वागत रहेको कार्यक्रममा भद्रपुर नगर क्षेत्रका लेखक तथा साहित्यकारलगायत झापाली स्रष्टाको उपस्थिति थियो ।




