समाचार

अस्ट्रेलियाले अन्तर्राष्ट्रिय नाका खोल्दै

काठमाडौं । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय सीमा नाका खोल्ने निर्णय गरेको छ । अष्ट्रेलियाले झण्डै १८ महिनादेखि लगाएको प्रतिबन्ध आगामी नोभेम्बरदेखि हटाउन लागेको हो ।

अब कोरोनाविरुद्धको पूर्ण खोप लगाएका यात्रुले अस्ट्रेलिया प्रवेश गर्न पाउने भएका छन् । अस्ट्रेलियाले सन् २०२० मार्चदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गराएको थियो । सीमा नाका बन्दसँगै अन्तर्राष्ट्रिय यात्रुलाई आफ्नो मुलुक प्रवेश र आफ्ना नागरिकलाई मुलुकबाट बाहिरिनमा समेत रोक लगाएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *