काठमाण्डाैं । वडा दशैं संघार मै प्रवेश गरिसकेका छ। संसारभर रहेका नेपालीहरूमा चाडवाडकाे माहाैले देखिन थालिसकेकाे छ। वडा दशैंकाे मुल पक्ष भनेकै दुर्गा भवानीकाे प्रसाद शुभसाइतमा मान्यजनकाे हातबाट ग्रहण गर्ने हाे ।यसकाे लागि हरेक साल शुभ साइत निकाल्ने गरिन्छ।नेपालमा दस बजेर २ मिनेटमा शुभसाइत निकालिएकाे छ। नेपालमा जस्तै विदेशमा बसोबास गर्ने नेपालीहरुको लागि अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले दशैंको टीका लगाउने उत्तम साइत तयार गरेको छ । समितिका अनुसार न्यूयोर्कमा बिहान ९ बजेर २१ मिनेटमा, केन्टुकीमा बिहान ८ बजेर ४५ मिनेटमा, टेक्सासमा ८ बजेर १५ मिनेटमा र क्यालिफोर्नियामा बिहान ७ बजेर १५ मिनेटमा दशैंको टीका लगाउने उत्तम साइत रहेको छ ।यस्तै भारतमा १५ अक्टोबरको दिन बिहान ९ बजेर ५ मिनेटलाइ उत्तम साइत भनिएकाे छ।





