विश्व

जापानी राजकुमारी माकोको विवाहको मिति सार्बजनिक, दरबार छोडेर अमेरिका बस्ने

काठमाडौँ । जापानकी राजकुमारी माकोले लामो विवादपछि साधारण युवकसँग विवाह गर्दै राजकीय पद छोड्ने भएकी छन् ।

२९ बर्षिय राजकुमारी माकोले आफ्ना पुर्व क्लासमेट केई कुमुरोसँग अक्टोबर २६ मा विवाह गर्ने भएकी हुन् ।

राजकुमारी माको र् कुमुरोले यसअघि २०१८ मै विवाह गर्न खोजेका थिए । तर त्यति बेला विवाहलाई स्थगित गरिएको थियो ।

विवाहपछि दुवै अमेरिकामा बस्ने बताइएको छ । कुमुरोले न्यूयोर्कको फोर्डहाम ल स्कुलबाट ग्राजुयट गरेका छन् भने अहिले न्यूयोर्ककै ल फर्ममा काम गरिरहेका छन् ।

दुवैको भेट पहिलो पटक २०१२ मा टोकियोस्थित इन्टरनेशनल क्रिस्टियन युनिभर्सिटीमा भएको थियो ।

२०१७ मा दुवैले इन्गेजमेन्ट गरेर २०१८ मा विवाह गर्ने तयारी गरेपनि कुमुरोको परिवार आर्थिक विवादमा मुछिएपछि विवाह स्थगित भएको थियो ।

जापान राजकीय परम्परा अनुसार विवाह गरेर जादा १.३ मिलियन डलर नगद दिने चलन भएपनि राजकुमारीले दरबारको परम्परालाई तोडेर विवाह गर्न लागेको बताइएको छ । उनले दरबार छोडेर जाने हुनाले उनले सो नगद नपाउने र दरबारको सबै जिम्मेवारीबात मुक्त गरिने जापानी मिडियाहरुले उल्लेख गरेका छन् ।

राजकुमारी माको र कुमुरोको विवाहलाई बेलायतका राजकुमार ह्यारी र मेघनसँग तुलना गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *