काठमाडौं । एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा ललितपुर प्याट्रिएट्सका ओपनर सन्दुन वीराक्कोडीले विराटनगर वारियर्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
टियु क्रिकेट मैदानमा जारी खेलमा वीराक्कोडीले २८ बलमा ९ चौका र १ छक्काको सहयोगमा अर्धशतक प्रहार गरेका हुन् । उनलाई अर्का ओपनर तथा कप्तान कुशल भुर्तेलले राम्रो साथ दिएका थिए । भुर्तेल ३२ रन जोडेर आउट भैसकेका छन् ।
अहिले ललितपुर ९१ रन बनाएर खेलिरहेको छ ।




