काठमाडौँ । जारी एभरेष्ट प्रिमियर लिगमा काठमाडौं किंग्स इलेभेनका कप्तान सन्दीप लामिछानेलाई जरिवाना लागाईएको छ । काठमाडौंका कप्तान सन्दीपले चितवन टाइगर्सविरुद्ध खेलमा स्लो ओभर रेटका कारण १० प्रतिशत म्याच फि जरिवाना लागेको हो ।
सन्दीप बाहेक चितवनविरुद्ध प्लेइङ ११ मा खेलेका बाँकी १० खेलाडीलाई म्याच फि को २ प्रतिशज जरिवाना काटिने भएको छ ।
म्याच रेफ्रि मोहम्मद सफिक (समिर खान) ले एक ओभर स्वलो ओभर रेटका कारण उक्त रकम जरिवना लागेको जनाएका छन् । सन्दीप कप्तान भएको कारण १० प्रतिशत म्याच फि जरिवाना लागेको हो । इपिएलको यस चौथो सिजनमा स्लो ओभर रेटका कारण कारबाहीमा पर्ने सन्दीप पहिलो कप्तान हुन् ।
काठमाडौँले चितवन टाइगर्सविरुद्धको सो खेल ३ विकेटले गुमाएको थियो ।




