खेलकुद

लेस्टर र नापोली पराजित

काठमाडौं । युईएफए युरोपा लिग फुटबलमा लेस्टर सिटी र नापोली पराजित भएका छन् । बिहीबार राति भएको समूह ‘सी’को खेलमा इंग्लिस क्लब लेष्टर र इटालियन क्लब नापोली पराजित भएका हुन् ।

लेष्टर पोलिस क्लब लेगिया वार्सजावासँग १-० गोल अन्तरले पराजित भयो । बार्सजावालाई जित दिलाउन माहिर इम्रेलीले खेलको ३१ मिनेटमा निर्णायक गोल गरे ।

अर्काे खेलमा इटालियन क्लब नापोली स्पार्टक मस्कोसँग ३–२ गोल अन्तरले पराजित भएकाे छ ।

जितसँगै समूह ‘सी’ मा वार्सजावा २ खेलबाट ६ अंक बनाउँदै शीर्ष स्थानमा छ । मस्को ३ अंक जोडेर दोस्रो स्थानमा रह्यो । नापोली १ अंक जोडेर चौथो स्थानमा छ । यता, १ अंक जोडेको लेस्टर पुछारमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *