खेलकुद

आजबाट साफ च्याम्पियनसिप, आयोजक माल्दिभ्ससँग खेल्दै नेपाल

काठमाडौँ । आयोजक माल्दिभ्ससँग खेल्दै नेपाल राष्ट्रिय पुरुष फुटबल टोलीले साफ च्याम्पियनसिपको सुरुवात गर्दैछ ।

मालेमा आज (शुक्रबार) बाट सुरु हुने १३ औं संस्करणको साफको दोस्रो खेलमा नेपाल र आयोजक माल्दिभ्स भिड्न लागेका हुन् । खेल नेपाली समय अनुसार साझको ९ः ४५ बजे सुरु हुनेछ ।

यस अघि उद्घाटन खेलमा बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । यसपटक प्रतियोगितामा पाकिस्तान र भुटान सहभागी हुने छैनन् । जसमा कारण ५ देश सम्मिलित प्रतियोगिता सिंगल राउण्ड रोबिनको आधारमा आयोजना हुनेछ ।

नेपाल पहिलो खेलमा आयोजक माल्दिभ्सलाई पराजित गर्दै सुखद् सुरुवात गर्ने लक्ष्यमा हुनेछ । यता, साविक विजेता माल्दिभ्स समेत नेपाललाई पराजित गर्दै घरेलु दर्शकमाझ प्रतियोगितामा बलियो उपस्थित देखाउन चाहन्छ ।

नेपाली टोलीका कप्तान किरण कुमार लिम्बुले खेल अघि बोल्दै टोलीमा युवा र अनुभवी खेलाडीको तालमेल राम्रो रहेको र घरेलु दर्शक माझ माल्दिभ्सलाई चुनौती दिन तयार रहेको बताएका छन् ।

प्रतियोगिताको १३ औ संस्करण आईपुग्दा नेपालले हालसम्म उपाधि हात पार्न सकेको छैन । यति मात्रै हैन । नेपाली टोली हालसम्म फाइनल समेत पुगेको छैन ।

अलमुताइरीको प्रशिक्षणमा नेपालको नतिजा

नेपाल २ – ६ इराक – मैत्रीपूर्ण खेल

नेपाल २ – ० चाइनिज ताइपेई – विश्वकप छनोट

नेपाल ० – ३ जोर्डन – विश्वकप छनोट

नेपाल ० – ३ अस्ट्रेलिया – विश्वकप छनोट

नेपाल १ – १ भारत – मैत्रीपूर्ण खेल

नेपाल १– २ भारत – मैत्रीपूर्ण खेल

नेपाल २– ७ ओमान – मैत्रीपूर्ण खेल (फिफा आधिकारिक्ता नपाएको)

माल्दिभ्सविरुद्ध नेपालको सम्भावित प्लेइङ सेट

गोलरक्षक – किरणकुमार चेम्जोङ

डिफेण्डर – दिनेश राजवंशी, अनन्त तामाङ, रोहित चन्द, गौतम श्रेष्ठ,

मिडफिल्डर – तेज तामाङ, आयुष घलान, सुजल श्रेष्ठ

स्ट्राइकर – सुमन लामा, मनिष डांगी, नवयुग श्रेष्ठ

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *