संसद

सूचना जारी गरेर राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं । आगामी आइतबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक सूचना जारी गरेर स्थगित गरिएको छ ।

१७ असोज आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणले बस्न नसक्ने संघीय संसदका महासचिव डा भरतराज गौतमले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ ।

महासचिव गौतमका अनुसार अब १८ असोज सोमबार बिहान ११ बजे राष्ट्रिय सभाको बैठक बस्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *