संसद

संसद बैठकमा आज पनि एमाले सांसदकाे नाराबाजी

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठकलाई निर्वाध रूपमा सञ्चालन हुने वातावरण बनाउन एमाले सांसदसँग सहयोग मागेका छन् ।

तर, सभामुख सापकोटाको आग्रहलाई बेवास्ता गर्दै एमाले सांसदहरूले बिहीबारको बैठकमा पनि नाराबाजी गरिरहेका छन् । एमाले विभाजनमा सभामुखको भूमिका रहेको भन्दै जारी नवौँ अधिवेशनका बैठकमा एमाले सांसदको नाराबाजी चल्दै आएको छ ।

संसद्को गतिरोध अन्त्य गर्न सभामुख र प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक एमालेले बहिष्कार गरेको छ । उसले आफ्नो माग पूरा नभएसम्म संसद् चल्न नदिने रणनीति बनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *