काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेटमा चितवन टाइगर्सले दोस्रो जित निकालेको छ । बिहिबार टियु क्रिकेट मैदानमा भएको खेलमा चितवनले काठमाडौं किंग्स इलेभेनलाई ३ विकेटले पराजित गरेको हो ।
१४२ रनको विजयी लक्ष्य पछ्याएको चितवनले १८.४ ओभर खेलेर ७ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।
चितवनका लागि राजेश पुलामी मगरले सर्वाधिक २६ रन बनाउँदै अविजित रहे । कमलसिंह ऐरीले र दिलिप नाथले समान २३/ २३ रन जोडे । करिम जन्नतले २१ रन बनाउँदा ओपनरद्वय ईशान पाण्डे र मोहम्मद शाहजादले क्रमश: ४ र १७ रनको योगदान गरे । भिम सार्मी ६ र शेकुगे प्रसन्ना ५ रनमै आउट भए । सोमपाल कामी शून्यमै आउट भए ।
चितवनका लागि रायन बर्ल र जितेन्द्र मुखियाले समान २/२ विकेट लिए । जनक प्रकाश, गुलशन झा र सन्दीप लामिछानेले समान एक/एक विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले पुरा ओभर खेल्दै ८ विकेट गुमाएर १४१ रन बनाएको थियो ।
काठमाडौंका लागि ओपनर सुवास खकुरेलले सर्वाधिक ३५ रन जोडे । राजु रिजालले २८ रनको योगदान गरे । अर्का ओपनर रहमुल्लाह गुबराजले ५, अमित श्रेष्ठले ६, गुलशन झाले ४ रन जोडे । यस्तै, जनक प्रकाशले २६ र अंमर सिंह राउटेलाले ५ रनको योगदान गरे । सिद्धान्त लोहनी र कप्तान सन्दिप लामिछानले क्रमश: ८ र ७ रन बनाए । रायन बर्ल भने शून्यमै आउट भए ।
चितवनका लागि सागर ढकालले सर्वाधिक ४ विकेट लिए । करिम जन्नले २ विकेट लिँदा कमलसिंह ऐरी र शेकुगे प्रसन्नाले समान एक/एक विकेट लिए ।




