खेलकुद

काठमाडौंद्वारा चितवनलाई १४२ रनको लक्ष्य

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेटमा काठमाडौं किंग्स इलेभेनले चितवन टाइगर्सलाई १४२ रनको विजयी लक्ष्य दिएको छ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको काठमाडौंले पुरा ओभर खेल्दै ८ विकेट गुमाएर १४१ रन बनाएको हो ।

काठमाडौंका लागि ओपनर सुवास खकुरेलले सर्वाधिक ३५ रन जोडे । राजु रिजालले २८ रनको योगदान गरे । अर्का ओपनर रहमुल्लाह गुबराजले ५, अमित श्रेष्ठले ६, गुलशन झाले ४ रन जोडे । यस्तै, जनक प्रकाशले २६ र अंमर सिंह राउटेलाले ५ रनको योगदान गरे । सिद्धान्त लोहनी र कप्तान सन्दिप लामिछानले क्रमश: ८ र ७ रन बनाए । रायन बर्ल भने शून्यमै आउट भए ।

चितवनका लागि सागर ढकालले सर्वाधिक ४ विकेट लिए । करिम जन्नले २ विकेट लिँदा कमलसिंह ऐरी र शेकुगे प्रसन्नाले समान एक/एक विकेट लिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *