विश्व

एघारौं चीन-युरोप उच्चस्तरीय रणनीतिक वार्ता शुरू

बेइजिङ । आपसी राजनीतिक विश्वासलाई बढाएर विद्यमान मतभेद कम गर्ने उद्देश्यले चीन–युरोप उच्च स्तरीय रणनीतिक वार्ता शुरू भएको छ ।

चीनका परराष्ट्र मन्त्री वाङ यी र युरोपेली सङ्घका कूटनीतिक तथा सुरक्षा नीति उच्च प्रतिनिधि जोस बोर्रेल्लले संयुक्तरूपमा अध्यक्षतामा गरेको एघारौं चीन–युरोप उच्च स्तरीय रणनीतिक वार्ता चीन र यूरोपेली संघबीच रहेका मतभिन्नतालाई कम गर्ने विश्वास वार्तामा चिनियाँ परराष्ट्र मन्त्री वाङले गरेकाे बताइएको छ ।

चिनियाँ परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री वाङ यीले हालै चीन र युरोप बीचको सम्पर्क र वार्ता बढ्दै गइरहेको क्रममा धेरै मतैक्य हासिल भएको बताए । वार्तामा सकारात्मक प्रवृत्तिलाई कायम राख्दै आपसी राजनीतिक विश्वासलाई बढाएर विद्यमान मतभेदलाई उचित तरिकाले कमी गर्ने र विश्वव्यापी देखा परेका चुनौतीको सामना गर्न दुवै पक्षको योगदान रहने विश्वास उनको छ ।

वाङले संयुक्त राष्ट्र संघको ७६ औं महासभाको सामान्य बहसमा राष्ट्राध्यक्ष सीले प्रस्तुत गरेकाे विश्वको विकास प्रस्तावमा यूरोपको सहभागिताको लागि स्वागत पनि गरेका छन् ।

युरोपेली संघका उच्च प्रतिनिधि बोर्रेल्लले चीनसँग मिलेर भाबी आपसी उच्चस्तरीय आदानप्रदानको तयारी गर्दै पारस्परिक सम्बन्धको विकासको लागि राजनीतिक निर्देशन दिने अपेक्षा वार्तामा गरेकाे बताइएको छ । चीनसँग महामारी प्रतिरोध, जलवायु परिवर्तन तथा जैविक विविधताको संरक्षणमा हुने सहयोगमा निरन्तरता दिँदै जाने इच्छा पनि उनले व्यक्त गरेका छन् ।

यसका अतिरिक्त, दुई पक्षबीच मानवअधिकार सम्बन्धमा बैचारिक आदानप्रदान भएको पनि मन्त्रालय स्रोतले बताएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *