समाचार

क्यानका उपाध्यक्ष श्रेष्ठ र सचिव प्याकुरेलद्वारा राजीनामा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष विनोदबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले पदबाट राजीनामा दिएका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै श्रेष्ठ र् प्याकुरेलले राजीनामा दिएको घोषणा गरेका हुन् ।राजीनामाको घोषणा गर्दै प्याकुरेलले आफू लामो समयदेखि रहेको बताउदै अब नयाँ मानिस आएर काम गरुन भनेर आफुले राजीनामा दिएको बताए ।

प्याकुरेल दुई वर्षअघि सचिव पदमा निर्वाचित भएका थिए । प्याकुरेलले सचिवका प्रत्यासी विनोद कुमार मैनालीलाई २८ भोटले हराउँदै निर्वाचित भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *