खेलकुद

ललितपुरले दियो पोखरालाई ५२ रनको लक्ष्य

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेटमा ललितपुर प्याट्रियट्सले पोखरा राइनोजलाई ५२ रनको लक्ष्य दिएको छ । वर्षाका कारण मैदान ओसिलो भई ७ ओभरमा छोट्याइएको खेलमा ललितपुरले ६ विकेट गुमाउँदै ५१ रन बनाएको हो ।

ललितपुरका लागि सन्दुन वीराक्कोडीले सर्वाधिक १९ रन जोडे । ओपनर तथा कप्तान कुशल भुर्तेल भने ३ रनमै आउट भएका छन् । पवन सरार्फले ५ र अजमतुल्लाह ओमरजाईले १ रनको योगदान गरे । यस्तै, ओशदा फर्नान्डोले १०, नारायण जोशीले ११ रन जोडे । सन्दीप जोरा शून्यमै आउट भए ।

यता पोखराका लागि नन्दन यादवले तीन दुई विकेट लिए । विक्रम सोवले दुई विकेट र केस्रिक विलियम्सले एक विकेट लिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *