समाचार

बेलायतमा पेट्रोल संकट कम गर्न सेना परिचालन

काठमाडौं । बेलायतमा पेट्रोल संकट कम गर्न सेनाले सहयोग गर्ने भएको छ ।

ट्याङकर चालकको अभावका कारण चार दिनदेखि जारी पेट्रोल संकट कम गर्न सेना परिचालन गर्ने निर्णय भएको विविसीले जनाएको छ ।

सेनाले करिब १५० सैन्य ट्यांकर चालक उपलब्ध गराउने जनाइएको छ । पेट्रोल पम्पमा मानिसहरुको लाम लागेको छ भने कतिपय पेट्रोल पम्प बन्द गरिएका छन् ।

यसैसाता पेट्रोल पम्पमा तेल हाल्न पुगेका सर्वसाधारणका बिचमा कुटाकुट भएको थियो । बेलायतमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि आठ वर्ष यताकै उच्च विन्दुमा पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *