समाचार

जापानमा ६ महिनादेखि जारी संकटकाल हट्ने

काठमाडौं । कोरोना संक्रमणको जोखिमका कारण जापानमा ६ महिनादेखि जारी संकटबाल आगामी बिहिबारदेखि हट्ने भएको छ ।

जापानी प्रधानमन्त्री योशिहिदे सुगाले कोरोना संक्रमितको संख्यामा कमी आएको र स्वास्थ्य प्रणालीले समेत कम दबाब महशुश गर्ने अबस्था आएको भन्दै आगामी बिहिबारदेखि देशव्यापी लगाइएको संकटकाल हटाउने जानकारी दिएको रोयटर्सले समाचार लेखेको छ ।

जापानमा ६ महिनाअघि एक दिनमा २५ हजारभन्दा बढि संक्रमित देखिन थालेपछि जानापले देशव्यापी रुपमा संकटकाल लगाएको थियो । तर पछिल्लो सोमबार १ हजार १ सय २८ जनामा संक्रमण देखिएको थियो । बिहिबारदेखि संकटकाल हट्ने भएपनि सरकारले प्रमाणित गरेका रेष्टुरेण्ट बेलुका ९ बजेसम्म मात्रै खोल्न पाइनेछ । जापानमा झण्डै १७ लाख मानिस कोरोना संक्रमित भएका थिए भने झण्डै साढे १७ हजारको मृत्यु भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *