समाचार

धर्म परिवर्तन गराउन खोज्ने ४ कोरियाली जेल चलान

कास्की । प्रलोभन देखाएर धर्म परिवर्तन गराएको आरोपमा पक्राउ परेका चारजना कोरियाली नागरिकलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा राख्‍न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलाशमा भएको थुनछेक बहशपछि कारागार पठाउने आदेश गरेको हो । पोखराको पृथ्वीचोकस्थित अन्ना पाउल गेष्टहाउसका सञ्चालक पार्क ब्योंकसुक, किम हिङकुङ, लि जिओनगा र किम युङहिलाई सोमबार अदालतले पुर्पक्षका लागि थुनामा राख्‍न आदेश दिएको हो ।

किशोरकिशोरीलाई ट्युसन पढाउने नाममा बाइबलका श्लोक र भजन गाउन लगाउने आरोप लागेपछि भदौ २९ मा प्रहरीले उनीहरुलाई पक्राउ गरेबको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *