विश्व

स्पेनको ज्वालामुखीबाट निस्किएका लाभा समुद्रमा पुग्यो

काठमाडौं । स्पेनको ला पाल्मा टापुमा भएको ज्वालामुखी विस्फोटबाट निस्केको लाभा समुद्री किनारमा पुगेको छ । अमेरिकी सञ्चारसंस्था सिएनएनका अनुसार करिब ९ दिनअघि भएको ज्वालामुखी विस्फोटको लाभा सोमबार बिहान समुद्री किनारसम्म पुगेको हो ।

ज्वालामुखीबाट निस्केको लाभा समुद्री किनारसम्म पुगेसँगै त्यहाँको आपतकालीन विभागले सोमबार बिहानैदेखि पूर्वी ला पाल्मा क्षेत्रमा लकडाउनको घोषणा गरेको छ ।

करिब १२५० डिग्री सेल्सियसको सो लाभा चाँडै नै एटलान्टिक महासागरमा पुग्ने अनुमान गरिएको छ । ज्वालामुखीका कारण करिब ८३ हजार जनसंख्या रहेको ला पाल्माको जनजीवन कष्टकर बनेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *