समाचार

अष्ट्रेलियाका प्रधानमन्त्री कोप–२६ मा सहभागी नहुने

काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोप–२६ मा समिटमा सहभागी नहुने संकेत गरेका छन् ।

विविसीका अनुसार प्रधानमन्त्री मोरिसनले आफूले हालसम्म कोप–२६ सम्मेलनमा सहभागी हुने अन्तिम निर्णय नलिएको बताएका छन् । अष्ट्रेलियाको अहिलेको प्राथमिकता कोरोनासँग कसरी जुध्ने र अन्तर्राष्ट्रिय सीमाहरु कसरी खोल्ने भन्ने रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघ अन्तर्गतको जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–२६ सबैभन्दा ठुलो र महत्वपूर्ण मानिएको छ । आगामी नोभम्बरमा स्कटल्याण्डको ग्ल्यास्गोमा सम्मेलन आयोजना गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *