समाचार

टिपरको ठक्करबाट चालकको मृत्यु, राजमार्ग अवरुद्ध

झापा । ट्राफिक प्रहरीले चेकजाँचमा लापरवाही गर्दा दुर्घटनामा एकजनाको मृत्यु भएको भन्दै स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । ट्राफिकले गलत ठाउँमा चेकिङ गर्दा टिपरले पछाडिबाट ठक्कर दिँदा सोमबार बिहान झापाको माइधारमा हाथी गाडि चालकको मृत्यु भएपछि स्थानीयले राजमार्गमा टायर बालेर अवरुद्ध गरेका छन् ।

प्रदेश नम्बर-०३-००१क नम्बरको टिपरले को२च २६३२ नम्बरको हाथी गाडिलाई ठक्कर दिएको थियो । ठक्करबाट हाथी गाडिका चालककको मृत्यु भएको थियो । उनको सनाखत हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । राजमार्गमा टायरब बालेर अवरुद्ध गरेपछि प्रहरीले खुलाउने प्रयास गरिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *