समाचार

क्षेत्रीयप्रतिनिधि चुनाव हारेपछि कांग्रेस नेता एमाले पसे

काठमाण्डाैं।झापामा भएकाे वडा अधिवेशनमा क्षेत्रीय प्रतिनिधिकाे चुनाव नै हारेपछि कांग्रेसकाे तर्फबाट दुइ पटकसम्म संविधानसभा सदस्य भएका नेता एमाले पसेका छन। नेपाली कांग्रेसकाे १४ औं महाधिवेशनका वडा तहमा भएकाे क्षेत्रीय प्रतिनिधि चुनावमा कांग्रेस नेता अमृतलाल राजवंशी बिर्तामोड नगरपालिका ४ मा क्षेत्रीय प्रतिनिधि पदमा राजु राजवंशी सन्तोषसंग पराजीत भएका थिए । उनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टीका र खादा लगाएर नेकपा एमालेमा प्रवेश गराएका हुन् ।

राजवंशीले नेपाली कांग्रेस परित्याग गरेपछि उनलाई एमाले प्रवेश कार्यक्रममा झापाका पार्टी अध्यक्ष चिन्तन पाठक, झापा–काठमाण्डौं सम्पर्क मञ्चका अध्यक्ष सुरज काफलेलगायतका झापाली नेताहरुको उपस्थितिमा नेकपा अध्यक्ष ओलीले टिका लगाएर स्वागत गरेका थिए । एमालेमा प्रवेश गर्दै राजवंशीले नेकपा एमाले राजनीतिक स्थायित्व र विकासको पक्षमा रहेको दावी गरेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *