काठमाडौं । आइपीएलअन्तर्गत आज भएको दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको छ ।
आइपीएलको साविक विजेता मुम्बई इन्डियन्सलाई वैगलोरले ५४ रनले पराजित गरेको हो । वैगलोरका बलरहरुसामु मुम्बईका व्याट्सम्यानहरुले गतिलो प्रदर्शन गर्न नसक्दा वैगलोरले सहज जित निकालेको हो ।
वैगलोरले दिएको १ सय ६६ रनको लक्ष्यसहित मैदान प्रवेश गरेको मुम्बईले १८ दशमलव १ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्रै बनाउन सक्यो । वैगलोरका हर्षल पटेलले ह्याट्रिक गर्दै एकै ओभरमा लगातार तिन विकेट लिए । उनले मुम्बईका किरोन पोलार्ड, राहुल चहार र हार्दिक पाण्डेयलाई १६ औं ओभरमा लगातार आउट गरे । उनले ४ विकेट लिए ।
जीतसँगै बैगलोर अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने मुम्बई भने सातौं स्थानमा पुगेको छ ।




