काठमाडौं । स्विट्जरल्यान्डमा भएको जनमत संग्रहमा बहुमतले समलैंगिक विवाहलाई स्वीकृत गरेको छ । आइतबार सार्वजनिक भएको नतिजाअनुसार समलैंगिक विवाहको पक्षमा ६४ दशमलव १ प्रतिशत मतदाताले मतदान गरेका छन् ।
स्विट्जरल्यान्डको सबै २६ वटै क्यान्टोनमा समलैंगिक विवाहको पक्षमा बहुमत आएको सञ्चार माध्यमहरुले जनाएका छन् । समलैंगिक विवाहलाई मान्यता दिने देशको संख्या ३० पुगेको छ । युरोपेली मुलुक नेदरल्याण्डले २००१ मा पहिलोपटक समलैंगिक विवाहलाई कानूनी मान्यता दिएको थियो ।




