विश्व

जर्मनी चुनाव : १६ वर्ष सत्ता चलाएकी मर्केलको उत्तराधिकारी चयन हुने

काठमाडौं । जर्मनीमा नयाँ चान्सलरका लागि चुनाव शुरु भएको छ । स्थानीय समयअनुसार ८ बजेदेखि चुनाव शुरु भएको हो । १६ वर्षदेखि जर्मन चान्सलर रहेकी एङ्गेला मर्केलले आजदेखि शुरु भएको निर्वाचनपछि राजनीतिबाट बिदा लिने भएकी छिन् ।

६८ वर्षीया चान्सलर मर्केलले चुनाव नै नलड्ने घोषणा गरिसकेकी छिन् । ६ करोड मतदाता रहेको जर्मनीको चुनावलाई महत्वका साथ हेरिएको छ ।

झण्डै १० वर्ष संसारकै शक्तिशाली महिला नेतृका रुपमा चर्चा कमाएकी मर्केल आफु चुनावमा सहभागी नहुने बताएको भएपनि उनको दललाई जिताउन भने लागिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *