काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आइतबारको दोस्रो खेल रद्ध भएको छ । पोखरा राइनोज र भैरहवा ग्लाडीयटर्सबीचको खेल बर्षका कारण रद्ध भएको हो ।
टस जितेर पहिला ब्याटिंग गरिरहेको पोखराले १०.१ ओभरमा ७ विकेट गुमाउदै ६५ रन बनाउदा खेल बर्षाले रोकिएको थियो ।
खेल रद्ध भएसँगै दुवै टिमले एक एक अंक बाडेका छन् ।
अब इपिएल अन्तर्गत सोमबार पनि दुई खेल हुने छन् । पहिलो खेल विराटनगर वारियर्स र काठमाडौँ किंग्स इलेभेनबीच हुने छ भने दोस्रो खेल भैरहवा ग्लाडीयटर्स र चितवन टाइगर्सबीच हुने छ ।




