विश्व

सोमालियामा बम आक्रमणबाट सातको मृत्यु, नौ जना घाइते

मोगादिसु । सोमालियाको राजधानी मोगादिसुमा भएको बम आक्रमणमा परी कम्तीमा पनि सात जनाको ज्यान गएको छ ।

साथै सो आक्रमणबाट अरु नौ जना घाइते भएका बताइएको छ । उक्त बम विस्फोट भएको स्थान मोगादिसुस्थित राष्ट्रपति कार्यालयनजिक रहेको बताइएको छ ।

शनिबार सो बम आक्रमण भएको प्रहरीले जनाएको छ । यहाँका एकजना प्रहरी अधिकारीले प्रहरी चौकीनजिकै केही व्यक्तिले विस्फोटक पदार्थले आक्रमण गरेका थिए ।

आक्रमणका क्रममा एकजना आक्रमणकारी पनि मारिएको बताइएको छ । सो आक्रमण सोमालियामा हिंसात्मक हमला गरिरहेको अल सेबाब विद्रोही समूहले गरेको अनुमान गरिएको छ ।

त्यस आक्रमणमा उनीहरुले शक्तिशाली विस्फोटक पदार्थ प्रयोग गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *