काठमाडौं । कोरोनाबिरुद्धको भ्याक्सिन लगाएकाहरुलाई नेपालमा अन–अराइभल भिसा दिन सुरु गरिएको छ ।
अध्यागमन विभागका अनुसार नाइजेरिया, घाना, जिम्बाबे, स्वाजिल्याण्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथोपिया, इराक, प्लोस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकबाहेक अरुलाई अन अराइभल भिसा दिइनेछ ।
मन्त्रिपरिषद् बैठकले केही दिनपहिला यात्रा व्यवस्थापनसम्बन्धी आदेश, २०७८ पारित गरेको थियो । जस अनुशार कोभिडबिरुद्धको खोपको मात्रा पूरा गरेका विदेशी नागरिकहरुले अन अनराइभल भिसा पाउने व्यवस्था गरिएको थियो ।




