काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल)टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रीएट्सका पवन सर्राफले अर्धशतक प्रहार गरेका छन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरार्ष्ट्रिय क्रिकेट मैदानमा शनिबार जारी उद्घाटन खेलमा काठमाडौं किङ्स इलेभेनविरुद्ध पवनले अर्धशतक प्रहार गरेका हुन् । उनले ४० बलमा अर्धशतक पुरा गरे ।




