काठमाडौं । एभरेष्ट प्रिमियर लिगको पहिलो खेल शुरु भएको छ । उद्घाटन खेलमा सन्दिप लामिछाने कप्तान रहेको काठमाडौं–११ र ललितपुर प्याट्रियाट्सबिचको खेल शुरु भएको हो ।
आजको खेलमा पाकिस्तान क्रिकेट शाहिद अफ्रिदी समेत खेलिरहेका छन् ।
त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी जारी खेलमा ललितपुरविरुद्ध टस जितेर काठमाडौँले फिल्डिङ रोजेको थियो । पाकिस्तानी पूर्व कप्तान शाहिद अफ्रिदी शुरुका २ खेल खेल्नका लागि नेपाल आएका छन् ।

काठमाडौँको प्लेइङ–११ मा कप्तान सन्दीप लामिछाने, जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, सुवास खकुरेल, शेर मल्ल, गुलशन झा, सिद्धान्त लोहनी, रयान बर्ल , शाहिद अफ्रिदी र रहमानउल्लाह गरबाज छन् ।
ललितपुरको प्लेइङ–११ मा कप्तान कुशल भुर्तेल, सन्दीप जोरा, राशिद खान, पवन सरार्फ, कुशल भुर्तेल, योगेन्द्रसिंह कार्की, रिजन ढकाल, शंखर राना, नारायण जोशी, मिक्यो दोर्जी सन्दुन वीराक्कोडी र ओशदा फर्नान्डो छन् ।




