काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल)टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रीएट्स र काठमाडौं किङ्स इलेभेनबीच प्रतिस्पर्धा भैरहेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरार्ष्ट्रिय क्रिकेट मैदानमा काठमाडौंले व्याटिङमा उत्रिएको ललितपुरले खराब प्रदर्शनको सुरुवात गरेको छ । ललितपुरले सुरुवाती एक ओभरमा ३ रन जोड्दै २ विकेट गुमाएको थियो । कप्तान कुशल भुर्तेल डकआउट भए । तीव्र गतिका बलर जितेन्द्र मुखियाको बलमा ठूलो सट खेल्ने धुनमा कुशल पहिलो बलमै टप एज लागेर विकेटकिपर रहमानउल्लाह गुरबाजबाट क्याच आउट भएका हुन् ।
त्यसपछि पनि ललितपुरको लगातार २ विकेट पतन भएको छ । मुखियाले नै पहिलो ओभरको अन्तिम बलमा श्रीलंकाका ब्याट्सम्यान सन्दुन वीराक्कोडीलाई दुई रनमा क्याच आउट गराए । त्यसपछि काठमाडौंका गुल्सान झाले एक विकेट लिएका छन् ।
हाल ललितपुर ४ ओभरमा ३ विकेट गुमाउँदै २४ रन बनाएर खेलिरहेको छ ।
ललितपुर प्याट्रिएट्स
कुशल भुर्तेल (कप्तान), सूर्य तामाङ, पवन सर्राफ, सन्दीप जोरा, सोनु तामाङ, राशिद खान, शंकर राना, योगेन्द्रसिंह कार्की, नारायण जोशी, ललित राजवंशी, अरियो पौडेल, बिभत्सु थापा, कमल खत्री, नागराज सिंह, अज्मतुल्लाह ओमरजाई, ओशाडा फर्नान्डो, शनदुन विराक्कोडी र मिक्यो दोर्जी ।
काठमाडौँ किंग्स एलेभेन
सन्दीप लामिछाने (कप्तान), अमित श्रेष्ठ, सुवास खकुरेल, राजु रिजाल, शेर मल्ल, सिद्धान्त लोहनी, संसाद शेख, दीपेन्द्र रावत, आकाश चन्द, अमरसिंह रौटेला, गुल्सन झा, साहिद अफ्रिदी, जनक प्रकाश, रायन बर्ल, रहमनुल्लाह गुर्बज ।




