काठमाडौँ । चर्चित अधिकारकर्मी कमला भासिनको ७५ वर्षको उमेरमा निधन भएको छ । उनको आज बिहान ३ बजे निधन भएको अभियन्ता कविता श्रीवास्तवले जनाएकी छिन। महिला अधिकारकाे क्षेत्रमा प्रशस्त काम गरेकी भसिन अधिकारकर्मीकाे राेल माेडल हुन।
सन् १९४६, अप्रिल २४ मा राजस्थानमा जन्मिएकी भासिनलाई केही महिनाअघि क्यान्सर देखिएको थियो । दक्षिण एसियाली मुलुकहरूमा सञ्जाल बनाएर काम गरिरहेको महिला अधिकारवादी संस्था ‘सङ्गत’की संस्थापक भासिनले त्यस अभियानमा लाग्नुअघि सन् १९७६ देखि २००१ सम्म संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनमा काम गरेकी थिइन् ।
उनका ‘लाफिङ म्याटर्स’ ९२००५०, ‘एक्स्प्लोरिङ मस्कुलिनिटी’ ९२००४०, ‘बोर्डर्स एन्ड बाउन्ड्रिज स् वुमन इन इन्डियाज् पार्टिसन’ ९१९९८० र ‘ह्वाट इज पेट्रियार्क’ र चर्चित कविता ‘क्युँ कि मैं लड्की हुँ मुझे पढ्ना हैं’ ९१९६५० प्रकाशित छन् ।




