विचार

गगन थापाको प्रश्न- कति सजिलै सर्छ अधिवेशन ! बस नेताले आदेश दिए पुग्ने

काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले काँग्रेसको महाधिवेशन सार्ने प्रस्तावको आलोचना गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता थापाले १३ जिल्लाको वडा अधिवेशनकै टुंगो नभएको बेला कति सजिलै सर्छ अधिवेशनको मिति भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

नेता थापाले पार्टी नेतृत्व कहिल्यै विधिमा चल्नु नपर्ने, थितिमा वस्नु नपर्ने, वेथितिको जिम्मा लिनै नपर्ने भन्दै नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने भन्दै यस्तो अवस्था बदल्न अपिल गरेका छन् ।

उनले भनेका छन्-

कति सजिलै सर्छ अधिवेशनको मिति ! १३ जिल्लाको वडा अधिवेशनकै टुंगो छैन । कहिल्यै विधिमा चल्नु नपर्ने, थितिमा वस्नु नपर्ने, वेथितिको जिम्मा लिनै नपर्ने । बस नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने ! अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने ? सोचौं ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *