काठमाडौँ । भारतको नयाँ दिल्लीको एक अदालतमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । दिल्लीको रोहोणी जिल्ला अदालतमा भएको दुई ग्यांगबीच भएको गोली हानाहानमा तीन जनाको मृत्यु भएको हो ।
मोस्ट वान्टेड ग्यांगस्टर जितेन्द्र गोगीलाई अदालतमा पेश गरेर सुनुवाई भैरहेको बेला वकिलको भेषमा आएका दुई जनाले गोली चलाएको प्रहरीले जनाएको छ । गोली चल्दा ग्यांगस्टर गोगीसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गोगीमाथि हमला गरेका दुई जनालाई प्रहरीले जवाफी कारवाहीमा गोली चलाउदा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भारतीय मिडियाहरुले गोगी र अर्का ग्यांगस्टर सुनिल उर्फ टिल्लुबीच लामो समय देखि टकराव रहेको र आजको घटनापनि त्यसैको नतिजा भएको उल्लेख गरेका छन् ।




