लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशसभाको बैठक १३ असोजसम्म स्थगित

बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचनामा नवौं अधिवेशनको छैटौं बैठक १३ असोज बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जनाइएको हो ।

एमालेले गत १ भदौमा बोलाइएको यही अधिवेशनको पहिलो बैठकदेखि नै सदन अवरुद्ध गर्दै आएको छ । पछिल्लोपटक ३१ भदौमा बोलाइएको बैठकमा पनि एमालेले अवरोध गरेको थियो । त्यसपछि सभामुख पूर्णबहादुर घर्तीले ७ असोजसम्मका लागि बैठक स्थगित गरेका थिए ।

एमालेले सांसद अजय शाही र विमला खत्री वलीलाई पदमुक्त नगरेसम्म बैठक बस्न नदिने बताएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *