काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी काठमाडौँ आइपुगेका छन् ।
आगामी शनिबारदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुने इपिएलको चौथो संस्करणमा अफ्रिदी सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं किंग्सबाट खेल्दै छन् ।
अफ्रिदीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ईपीएलका प्रमुख आमिर अख्तर र पाकिस्तानी दूतावासका कर्मचारीले स्वागत गरेका थिए ।
काठमाडौं किंग्सले उद्घाटन खेलमा ललितपुर प्याट्रिओट्ससँग प्रतिस्पर्धा गर्दै छ ।




