समाचार

प्रमाणिकरणका लागि सभामखुले पठाए विनियोजन विधेयक राष्ट्रपति कार्यालय

काठमाडौं । सभामुख अग्नि सापकोटाले संघीय संसदको दुबै सदनले पारित गरेको विनियोजन विधेयक प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालय पठाएका छन् ।

असोज ४ गते प्रतिनिसभाले पारित गरेको विनियोजन विधेयक आज बसेको राष्ट्रियसभाको बैठकले समेत पारित गरेको थियो । राष्ट्रियसभाले समेत पारित गरेपछि प्रतिवेदन आजको प्रतिनिधिसभाको बैठकमा पेश गरिएको थियो ।

संसद सचिवालयका अनुसार आज सभामुख सापकोटाले प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *