समाचार

कांग्रेस वडा अधिवेशनमा सिटौला समुहलाइ जोडदार धक्का

काठमाण्डौं । नेपाली कांग्रेसका पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाइ काठमाण्डौंको वडा अधिवेशनमा जोडदार धक्का लागेको छ । हालै भएको काठमाण्डौं ६ को वडा अधिवेशनमा सिटौला समुहका जम्मा एक जना मात्र उम्मेदवार मात्र विजयी भएका छन । सिटौला समुहका नेता तथा ६ नम्वर निर्वाचन क्षेत्रका जनप्रतिनिधि भीमसेनदास प्रधानको इलाका भएपनि सो क्षेत्रमा उठेका संघिय सचिव तथा प्रदेश ख का सभापति चन्द्र न्यौपाने क्षेत्रीय सभापति हुन सकेनन ।

उनी उम्मेदवार त भए तर चुनाव भने जित्न सकेनन । टोखा नगरपालिका वडा नम्वर ११ को निर्वाचनमा न्यौपानेको टिमबाट वडा अध्यक्ष सहित १९ जना क्षेत्रीय प्रतिनिधि मध्ये जम्मा एक जना महिला उम्मेदवार मात्र विजयी भइन । वाँकी सवै पराजित भएका छन । यस क्षेत्रमा उत्तम अधिकारी,तेजेन्द्रजंग कार्की,जितेन्द्र भण्डारी,दामोदर उप्रेती,मनोज भण्डारी,चन्द्रवहादुर थापामगर,इन्दिरा चौंलागाइ,इश्वरी आचार्य,हेम अर्याल लगायत क्षेत्रीय प्रतिनिधिमा विजयी भएका छन ।
सिटौला समुहलाइ काठमाण्डौंमा मात्र नभइ सिन्धुपाल्चोकमा पनि धक्का लागेको छ । विद्यार्थी राजनीति गरेर पदाधिकारी उम्मेदवार उठने तयारी गरेका सिन्धुपाल्चोकका वलदेव तिमल्सिना वडा नै हारेका छन । लगातारको हारले यो समुह कमजोर देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *