समाचार

नेपालले ओमानसँग मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग खेल्न लागेको हो ।

एन्फाका अनुसार नेपाल र ओमानबीचको खेल आइतबार दोहास्थित कतार विश्वविद्यालयको मैदानमा स्थानिय समय अनुसार साँझ ७ बजे खेल सुरु हुनेछ ।

नेपाली टोली असोज ११ गते कतारबाटै साफ च्याम्पिनसिप आयोजनास्थल माल्दिभ्स जानेछ । माल्दिभ्समा असोज १५ गतेबाट साफ च्याम्पियनसिप सुरु हुँदैछ । नेपालले पहिलो दिननै साविक विजेतासमेत रहेको माल्दिभ्सको सामना गर्नेछ ।

कतार जानुअघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो मैत्रीपूर्ण खेल १–१ को बराबरीमा टुंगिएको थियो भने दोस्रो खेलमा नेपाल २–१ ले पराजित भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *